दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम साढे ४ अर्ब माथि
३ पुस, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । लगातार तीनदिन बढेको बजार आज १०.६६ अंकले घटेर २६ सय १५ दशमलव ०३ विन्दुमा झरेको छ।
नेप्से परिसूचक घटे पनि यसदिन कारोबार रकम भने बढेको छ । आज ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
हिजो सय ३२ वटा कम्पनीका ८५ लाख ९८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज हाेटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समुहकाे सेयर बढेकाे छ भने बाँकी सबै समुहकाे सेयर घटेकाे छ। यसदिन फाइनान्स समुह सर्वाधिक १.५५ र अन्य समुह १.१९ प्रतिशतले घटेकाे छ ।
आज ६३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १९४ वटाकाे घटेकाे छ। यस्तै २ कम्पनीकाे स्थिर रहेकाे छ । यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंककाे सेयर मूल्य ९.५६ प्रतिशत बढेकाे छ ।
प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १५:३१












