३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एमालेका नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ४ बजे हुने

३ पुस, काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे हुने भएको छ ।

निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमै हुने जानकारी दिएको छ ।

एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित हुनुभएको छ ।

पदाधिकारीसहित केन्द्रीय कमिटीमा ओली प्यानलको बहुमत आएको छ ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १५:२३