विष्णु रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित
३ पुस, काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा विष्णु रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित हुनुभएको छ ।
उपमहासचिव पदमा १०९१ मत ल्याएर पराजित हुनुभएका रिमाल केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन सक्नुभएन । उहाँले केन्द्रीय सदस्यमा ६३० मत मात्रै प्राप्त गर्नुभएकाे छ।
केपी ओलीका विश्वासपात्र रहनुभएका रिमालले ओली प्यानलको वर्चस्व रहेको ११औं महाधिवेशनमा हार बेहोर्नु परेको छ ।
पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहनुभएका रिमाल एमालेको दशौँ महाधिवेशनमा उपमहासचिव निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १४:५७












