३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एमाले सचिवमा ओली प्यानलको क्लिनस्वीप

३ पुस, काठमाडौँ । एमाले महाधिवेशनमा भएकाे निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलले क्लिन स्वीप गरेको छ । ९ सचिव पदका लागि भएको निर्वाचनमा ओली प्यालनका ९ जना नै विजयी हुनुभएको छ ।

ओली प्यालनका महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५,राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी हुनुभएको हो ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १३:५३