२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सरकारी गाडी जलाउने पोखरा विश्वविद्यालयका नेविसंघ सभापति डिफानसहित ५ कार्यकर्ता पक्राउ

१९ माघ, कास्की । सरकारी गाडी जलाउने पोखरा विश्वविद्यालयका नेविसंघ सभापति डिफान भुजेलसहित ५ कार्यकर्ता पक्राउ परेका छन् । पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले उनिहरूलाइ  पक्राउ गरेको हाे ।

प्रहरीले लेकसाइडस्थित एक होटलबाट नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल, नेविसंघ पोखरा विश्वविद्यालय पूर्वसभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डी कलेजका सभापति विनय पौडेललाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेका विद्यार्थीको साथबाट बा५६प ३४८६ नम्बरको मोटरसाइकल, ग१४प १७२९ र ग८प १६८९ नम्बरको स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनिहरूमाथि अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा१झ ५८७९ नम्बरको पिकअप भ्यानमा विद्यार्थीले पेट्रोल छर्केर आगो लगाएका  थिए ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार १६:३९