३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

सुनको मूल्य तोलामै २ लाख ६० हजार ४ सय पुग्यो, चाँदी हालसम्मकै उच्च

३ पुस, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य बुधबारको तुलनामा ७ सय रुपैयाँले बढी हो । बुधबार २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदी तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ । दुई दिनयता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार ११:०६