३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

मैले राति १ बजे भोट नै मतदान गरेको होः राजकुमार गुप्ता

३ पुस, काठमाडौँ । नेकपा एमाले नेता एवं पूर्वमन्त्री राजकुमार गुप्ताले एमाले महाधिवेशनमा मतदान नगर्नेको सूचीमा आफ्नो नाम परेको आपत्ति जनाउनुभएको छ । मध्यरातको १ बजे मतदान गरेको दाबी गुप्ताले गर्नुभएको छ ।

उहाँले दैनिकीसँग कुरा गर्दै भन्नुभयो, ‘अनुपस्थितिमा नाम देखेर अचम्मित भएँ । मैले राति १ बजे नै खसालेर हिँडेको हुँ ।’ एमाले महाधिवेशनमा ३६ जनाले मतदान नगरेको भन्दै सूची सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार ०८:५३