३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एमाले स्कुल विभागका सचिव कोइरालाले किन दिएनन् मत ?

३ पुस, काठमाडौँ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा पार्टी स्कुल विभागका सचिवाले नै मत नदिएको पाइएको छ । मतदान सम्पन्न भएपछि सार्वजनिक भएको मतदान नगर्ने ३६ को सूचीमा विभागका सचिव घनश्याम कोइरालाको पनि नाम छ ।

आफूलाई विचार, विधि, विश्वास र विवेकको प्रतिनिधि मान्ने कोइराला स्वयंले मतदानमा सहभागी हुन नपाएकोमा आत्मालोचना गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ। बिहान पुग्दा ढिलो भयो। मतदान सकियो भन्ने सूचना पाएपछि बाटोबाटै घर फर्किएँ। गल्ती भएकै हो । आत्मालोचित छु।’

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार ०८:३८