एमाले महाधिवेशनः केन्द्रीय सदस्यका उम्मेदवारले नै दिएनन् मत
३ पुस, काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले मतदान नै नगर्नुभएको खुलेको छ । खुला क्लस्टरमा केन्द्रीय सदस्यको उम्मेदवार रहनुभएको उहाँले मत नदिनुभएको हो । महाधिवेशनमा अर्यालसहित ३६ जनाले मत दिनुभएन ।
अर्याल प्रेस चौतारी नेपालको पूर्व अध्यक्ष हुनुहुन्छ । केपी ओलीको गुटबाट प्यानलमा पर्ने प्रयास गर्नुभए पनि महासचिवका उम्मेदवार शंकर पोखरेलले त्यो प्रयास सफल हुन नदिएपछि उहाँ रूष्ट हुनुहुन्थ्यो । गुटबाट प्रदीप ज्ञवालीले महासचिवको टिकट नपाए अर्याल थप स्तब्ध हुनुहुन्थ्यो । अर्याल पछिल्लो समय गुल्मी केन्द्रीय भएर संगठन विस्तारका केन्द्रीत रहनुभएको थियो ।

एमालेमा केपी ओलीको विकल्प छैन भनेर निर्णय गरेको प्रेस चौतारीले ओली गुटको ह्वीप उल्लंघन गरेर महाधिवेशनस्थलमा जुलुशसहित अर्यालको पक्षमा मत पनि मागेको थियो । तर अर्याल स्वयंले भने मताधिकारको सदुपयोग गर्नुभएन । प्रेस चाैतारीको नेतृत्वबाट बाहिरिएको १० वर्षसम्म पनि महाधिवेशनको समयदेखि अन्य समयमा संगठनको राजनीतिमा चासो राख्दै सक्रिय हुने अर्याललाई राष्ट्रिय अध्यक्षको उपमा समेत दिइन्थ्यो ।
प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार ०८:००












