८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

छिमेक लघुवित्तद्धारा लाभांश घोषणा

१ पुष, काठमाडाैँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार ११:५३