राजेन्द्र गौतमद्धारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता
१ पुष, काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिनुभएको छ ।
पार्टीको ११औँ महाधिवेशनमा स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिनुभएका गौतमले पार्टीको आग्रहपछि उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो ।
गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा भने उहाँको नाम समावेश हुने भएको छ ।
उहाँले खुला केन्द्रीय सदस्यमा भने आफ्नो उम्मेदवारी कायमै रहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १०:५६












