२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

२९ मंसिर, काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो  ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो । समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १७:४७