ओली प्यानलबाट उपाध्यक्ष प्रस्तावित ज्ञवालीद्धारा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता
२९ मंसिर, काठमाडौँ । प्रदीप ज्ञवालीले नेकपा (एमाले)को ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । केपी शर्मा ओलीको प्यानलबाट महासचिव दाबी गर्नुभएका ज्ञवालीले उपाध्यक्ष बनाइएकोमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यमा मात्रै मनोनयन दर्ता गराउनुभएको हो ।
ज्ञवालीले आफूलाई उपाध्यक्षको उमेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै ११औँ महाधिवेशनमा आफू उपाध्यक्षको उमेदवार नबन्ने बताउनुभएको थियो ।
ज्ञवाली १०औँ महाधिवेशनबाट उनी उपमहासचिव बन्नुभएको थियो ।
प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १७:३८












