२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

ओली प्यानलबाट केन्द्रीय सदस्यकाे लिष्टमा परेका आचार्यले उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी

२९ मंसिर, काठमाडौँ । विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

ओली प्यानलबाट केन्द्रीय सदस्यको लिष्टमा पर्नुभएका आचार्यले उपाध्यक्षमा स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नवौँ महाधिवेशनमा सचिवमा निर्वाचित आचार्यले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउँदै पार्टीमा कामको मूल्यांकन हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १६:३०