केपी ओलीले दिए अध्यक्षमा उम्मेदवारी
२९ मंसिर, काठमाडौँ । केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
११ औं महाधिवेशन जारी रहेको भृकुटीमण्डपस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर ओलीले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
ओलीले योसँगै तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो। ओली नवौं र दसौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १५:३३












