२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

ओली टिम नपरेपछि अग्नि खरेलले सचिवमा स्वतन्त्र उम्मेदवारी दिने

२९ मंसिर, काठमाडौँ । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट बनाएको टिममा विमती जनाउँदै खरेलले स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको हो । समूहबन्दीले पार्टी मजबुत नबन्ने बताउँदै उहाँले स्वतन्त्र उम्मेदवारी दिने बताउनुभयो ।

ओलीको टिमबाटै सचिवमा उम्मेदवारी दिने तयारी गरिरहनुभएका खरेलले टिममा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार ११:५९