लेखराज भट्ट सचिवकाे उम्मेदवार नबन्ने
२९ मंसिर, काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनको अध्यक्ष दाबेदार केपी शर्मा ओली समूहबाट सचिवमा नाम टुंगो लागेका लेखराज भट्टले आफू सचिवको उम्मेदवार नबन्ने बताउनुभएको छ ।
सचिवमा नाम टुंगो लागेका सचिव भट्टले आफू उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो । भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुनुहुन्छ। भट्टले आफू यसअघि नै सचिव भइसकेकाले अब पुनः सचिवमा उम्मदवारी नदिने घोषणा गर्नुभएको हो ।
ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको छ ।
महासचिवमा शंकर पोखरेलकै नाम फाइनल भएको छ। यस्तै उपमहासचिवतर्फ तीन जना निर्वाचित हुनेमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ।
सचिवमा नौ जना निर्वाचित हुन्छन्। ओली समूहबाट सचिवको उम्मेदवार बन्नेमा पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भइसक्नुभएको छ । लेखराज भट्टले उम्मेदवार नबन्ने घोषणा गरेपछि उनको ठाउँमा अर्को उम्मेदवार उठाउनु पर्नेछ।
प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार ११:३१












