२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै २ लाख ६० हजार ७ सय पुग्यो

२९ मंसिर, काठमाडौँ। नेपालमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको हो ।

यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो । अघिल्लो दिन २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसअघि असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ । चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार ११:१६