एमालेको निर्वाचन तालिका सार्वजनिक, मतदान पुस १ गते
२८ मंसिर, काठमाडौँ । नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको छ ।
केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा भिड्ने भएका छन् ।
यस्तो छ तालिकाः

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार १८:३७







