२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

एमाले महाधिवेशनको बन्दसत्रमा ईश्वर पोखरेकाे सम्बोधन सुरु

२८ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलको सम्बोधन सुरु गर्नु भएको छ ।

दिउँसो ३ बजेपछि सुरु भएको बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । बन्दसत्रमा प्रतिवेदनहरू पनि पेश भएका छन् ।

हिजोबाट सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने बताइएको छ ।

बन्दसत्र सुरु गर्दै अध्यक्ष ओलीले महाधिवेशन निर्वाध सम्पन्न हुने बताउनुभयो । उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार १६:५१