२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

आफ्नो सरकारले गोली हानेर मारेका जेनजीप्रति तीन महिनापछि ओलीको श्रद्धाञ्जली

२७ मंसिर, काठमाडाैँ ।  नेकपा (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गोली हानेर मारेका जेनजी सहिदहरूप्रति तीन महिनापछि श्रद्धाञ्जली दिनुभएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा एमाले महाधिवेशनको उद्घाटनमा सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल खुला होस्, सुशासन होस् र भ्रष्टाचार नियन्त्रण होस् भन्ने भावनाको विरुद्धमा कोही पनि छैन, थिएन र हुन हुँदैन । जेनजीले उठाएका ती मुद्दामा स्वार्थ समूहको घुसपैठ भयो । फूलको हाँगा पनि भाँच्दैनौँ भनेका जेनजी युवाहरूलाई अघि लगाएर हिंसा भड्काउनेहरू प्रवेश गरे । भदौ २३ गते हिंसा मच्चाउने स्वार्थ समूहले ढाल बनाउँदा ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक समूहको आक्रमणमा मारिएका सुरक्षाकर्मीप्रति यो जनसागरको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।”

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार १५:३४