सचिवालय बैठकको निर्णय विपरित केपी ओलीले मनोनित गरे १०८ प्रतिनिधि
२७ मंसिर, काठमाडौंँ । नेकपा (एमाले)को सचिवालय बैठकको निर्णय विपरित अध्यक्ष केपी शर्मा ओलीले मनोनित प्रतिनिधिको नाममा गुटका १०८ जनाको नाम सार्वजनिक गरे पछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गम्भीर असहमति जनाउनु भएको छ ।
शुक्रबार अवेर सकिएको सचिवालय बैठकले अध्यक्ष र वरिष्ठ उपाध्यक्षको सहमतिमा १०८ जनाको नाम टुंगो लगाउने निर्णय गरेको भए पनि अध्यक्ष ओलीले गुटको सूची सार्वजनिक गरिदिएपछि समस्या सिर्जना भएको छ । अध्यक्षको दाबेदार समेत रहनुभएको वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले असहमति जनाए पनि त्यसमा के गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन ।

बैठकको निर्णय अनुसार शनिबार बिहान ओली र पोखरेल बसेर प्रतिनिधिको टुंगो लगाउनुपर्नेमा बैठकमा विवादित बनेको सूची नै ओलीले मानोनित प्रतिनिधि भनेर सार्वजनिक गरिदिएका छन । बैठकमा मानोनित प्रतिनिधिका लागि पोखरेलले पनि छुट्टै सूची बैठकमा पेश गर्नुभएको थियो ।
प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार १५:२०







