२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

नवनियुक्त ४ मन्त्रीहरूद्धारा शपथ ग्रहण

२६ मंसिर, काठमाडौँ । नवनियुक्त ४ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूको शपथ ग्रहण गराउनुभएकाे हाे ।

प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उहाँहरूलाई आजै मन्त्री नियुक्त गर्नुभएकाे हाे । मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहनुभएकाे छ ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १६:१६