२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मन्त्रिपरिषद् चौथोपटक विस्तार, ४ मन्त्रीकाे सपथ ३ बजे हुने

२६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । नियुक्त हुनुभएका मन्त्रीहरूको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने भएको छ ।

कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ मन्त्रीमा नियुक्त हुनुभएको हो । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुनुहुन्छ भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुनुहुन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १४:१९