१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

आइएमई लाईफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

२६ मंसिर, काठमाडाैँ । आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको मंसिर २५ गते बिहीबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत अर्थात ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयाेजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार ११:३२