२२ पुष २०८२, मंगलवार | Wed Jan 7 2026

एमालेको महाधिवेशनका लागि न्युजिल्याण्डबाट शुभकामना

वेलिंग्टन । नेकपा एमालेको शनिवारबाट शुरु हुने १०औ महाधिवेशनको सफलताको लागि प्रवासी नेपाली मञ्च न्युजिल्याण्डले शुभकामना व्यक्त गरेको छ ।

मञ्चका अध्यक्ष राम राज ओलीको अध्यक्षतामा बसेको बैठक पछि जारी प्रेस विज्ञप्तिमा एमालेको नेतृत्वमा बिगतमा बनेका सरकारहरुले राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढाएको बताईएको छ । विकास संगै सामाजिक सुरक्षाको क्षेत्रमा समेत गरेका कार्यले जनतामा सुरक्षा र आत्मविश्वास बढाएको उल्लेख गरिएको छ ।

महाधिवेशनले यिनै विकासका कामहरुलाई मार्ग निदेशन गर्दै जिम्मेवार, सक्क्षम, सबल नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार ११:०२