एमाले सचिवालय बैठक आज, तीन एजेण्डामा छलफल हुने
२६ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ । बैठकमा विधान संशाेधनको प्रस्ताव हुने बताइएको छ । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा आफूले भाषण गरेपछि महाधिवेशन सकिने घोषणा गरेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना भक्तहरूको व्यवस्थापनका लागि कमिटीको संख्या र पदाधिकारीको संख्या थप गर्ने प्रस्ताव अघि सार्ने तयारी छ ।

आफ्ना दाबी र तर्कहरूमा विचलित एमाले अध्यक्ष ओलीले यो महाधिवेशनमा निर्वाचन मात्र हुने दाबी गरिरहनुभएको थियो तर भोलिदेखि सुरू हुने महाधिवेशनमा विधानमा संशोधन गर्ने प्रस्ताव समेत लैजाने तयारी गर्नुभएको छ । तीन महिना अघि मात्र १० करोड भन्दा बढी पैसा खर्च गरेर एमालेले विधान महाधिवेशन गरेर कमिटीको संख्या र पदाधिकारीको संख्या घटाएको थियो । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि मनोनयनको प्रस्ताव पनि रहेको बताइएको छ ।
प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार ०८:५४












