युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की
२४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने आफूहरूको इच्छा भएको बताउनुभएको छ ।
सरकार र जेनजी समूहबीच आज सिंहदरबारमा भएको सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले एउटै दस्तावेजबाट सबैका इच्छा भने पूरा नहुने पनि स्पष्ट गर्नुभयो ।
“हाम्रा जति पनि हाम्रा युवा शक्तिहरू छन्, तिनीहरू देशमै बसुन्, रोजगारी गरुन् । राम्रो राजनीतिज्ञ गरुन् र देश चलाउनन् भन्ने हाम्रो इच्छा छ । एउटै दस्तावेजबाट सबैका इच्छा त पूरा हुँदैन”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले उक्त सहमति नेपाल राजपत्रमा प्रकाशन हुने र यो ऐतिहासिक अभिलेख हुने जनाउनुभयो ।
सम्झौता हस्ताक्षर समारोहमा सहभागी केही जेनजी प्रतिनिधिले भने सम्झौतामा आफूहरूलाई चित्त नबुझेको गुनासो गरेका थिए ।
प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार २१:३७












