एमालेलाई विभाजनबाट जोगाउन हस्तान्तरण वा पुस्तान्तरण आवश्यक: कृष्ण राई
२४ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य कृष्ण राईले एमालेलाई विभाजनबाट जोगाउन हस्तान्तरण वा पुस्तान्तरण आवश्यक रहेको बताउनु भएको छ । बुधबार एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा काठमाडौँ आयोजित अन्तर संवादमा उहाँले हामी माथि महाधिवेशन पछि के हुन्छ भन्ने प्रश्न उठेको छ भन्दै उहाँले महाधिवेशनलाई एकताको बनाउन नेतृत्वको हस्तान्तरण वा पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो ।

उहाँले एमालेले राम्रो काम गर्छ भन्ने जनअपेक्षा छ तर एमाले नेतृत्व सुध्रन नचाहेको बताउनुभयो । केन्द्रीय सदस्य राईले नेतृत्व चयनका क्रममा प्रतिनिधिले विवेक पुर्याउछन भन्ने विश्वास रहेको बताउनुभयो ।एमालेको नीति र नेतृत्वले समाज र नागरिकमा समेत प्रभाव पर्ने हुँदा परिवर्तित परिस्थितिलाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।
उहाँले एमाले २०७९ देखि युवाको खोजीमा लाग्यो तर पार्टीका लागि हातालाग्यो शून्य भएको बताउभयो । यो बीचमा एमाले पटक पटक सत्तामा पुगे पनि युवा र समाजका लागि काम गर्न नसकेको राईले बताउनुभयो ।
प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार १२:३२












