१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

केपी ओलीको असक्षमता एमालेले बोकेर हिँड्न सक्दैनः सुरेन्द्र मानन्धर

२४ मंसिर, काठमाडौँ। नेकपा (एमाले)को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताउनुभएको छ । उहाँले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिदाँ एमाले अहिलेको संकटमा पुगेको बतउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उहाँले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बतउनुभयो ।

मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय किमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताउनुभयो ।

उहाँले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताउनुभयो । नेतृत्वको नालायकिको कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको बताउनुभयो ।

उहाँले देश अफ्ठेरोमा परिरहेको समयमा नेतृत्व नातामा रूमलिएको भन्दै जुन वर्गका लागि काम गर्नुपर्ने भो त्यो हुन नसकेको बताउनुभयो । पार्टीमा सामूहिकता हराएको बतउनुहुँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने गरी तयारी गरिरहेको बताउनुभयो ।

राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावारी बनाउनुपर्नेमा जोडदिँदै उहाँले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : December 10, 2025 at 11:50 am