केपी ओलीको असक्षमता एमालेले बोकेर हिँड्न सक्दैनः सुरेन्द्र मानन्धर
२४ मंसिर, काठमाडौँ। नेकपा (एमाले)को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताउनुभएको छ । उहाँले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिदाँ एमाले अहिलेको संकटमा पुगेको बतउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उहाँले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बतउनुभयो ।
मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय किमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताउनुभयो ।
उहाँले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताउनुभयो । नेतृत्वको नालायकिको कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको बताउनुभयो ।

उहाँले देश अफ्ठेरोमा परिरहेको समयमा नेतृत्व नातामा रूमलिएको भन्दै जुन वर्गका लागि काम गर्नुपर्ने भो त्यो हुन नसकेको बताउनुभयो । पार्टीमा सामूहिकता हराएको बतउनुहुँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने गरी तयारी गरिरहेको बताउनुभयो ।
राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावारी बनाउनुपर्नेमा जोडदिँदै उहाँले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार ११:५०












