आज बुद्ध भूमि नेपाल हाइड्रोपावरको साधारणसभा, यस्ता छन् एजेण्डा
२४ मंसिर, काठमाडाैँ । आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारणसभा हुँदैछ । साधारणसभा काठमाडौँको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजेदेखि बस्दैछ ।
कम्पनीको साधारण सभाले सञ्चालक समितिको तर्फबाट पेश हुने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरूको भत्ता अनुमोदन गर्ने र माइन्यूटमा हस्ताक्षर गर्ने प्रतिनिधिको नियुक्ति गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।
प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार १०:०९












