प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट झापा-१ मा विश्वप्रकाश एकल सिफारिस
२३ मंसिर, काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ ।
शर्माको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले महामन्त्री शर्माको नाम एकल सिफारिस गरेको सचिवालयले जनाएको छ ।
कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न सम्बन्धित मातहतलाई परिपत्र गरेको थियो ।
प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १७:२०












