एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुने
२३ मंसिर, काठमाडौँ, । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुने भएका छन । केन्द्रीय सगठन विभागले प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्याएको छ ।
विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताउनुभयाे । १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनीत हुने छन् । मनोनीतसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ हुने अधिकारीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार ११:०५












