पूर्वमन्त्री बस्नेत भन्छन ‘मैमालाई याैन प्रस्ताव त के त्यस्तो कुरा कल्पना पनि गर्न सक्दिन’
१८ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेतले आफ्ना विरूद्ध नियोजित प्रचार भएको भन्दै आपत्ति जनाएका छन । शुक्रबार सल्यान स्थायी घर भएकी मैमाकुमारी खत्रीले आफ्ना विरूद्धमा यौन प्रस्तावको आरोप र ऋण नतिरेको आरोप लगाएपछि आफ्नो फेसबुक मार्फत बस्नेतले दुबै कुरा गलत रहेको बताएका छन। उनले मैमाकुमारीलाई यौन प्रस्ताव त के त्यस्तो कुरा कल्पना पनि गर्न नसक्ने बताएका छन । उनले फेसबुकमा यस्तो लेखेका छन ।
आज माघ १८ गते बागचौर नगरपालिका–८, कोटमौला निवासी (हाल आर्थिक र सामाजिक रुपले बागचौरमा बस्नै नसक्ने भएर बाँके पलायन भएकी) मैमाकुमारी खत्रीद्वारा फेसबुकमा सार्वजनिक राजनैतिक र सामाजिक चरीत्र हत्या गर्ने उद्देश्यमा आधारित अभिब्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उनीसंग मेरो पहिलो भेट २०७० मा बागचौरका तोकलाल शर्माको निवासमा सपरिवार र २०७४ असोज तिर मेरो आफ्नै घरमा बागचौर नगर प्रमुखको श्रीमती सहित भेट भएको हो ।

राजनैतिकरुपमा विकासहुँदै गएको मेरो ब्यक्तिगत प्रोफइलबाट अत्तालिएर मैमा कुमारी खत्री मार्फत राजनैतिक र सामाजिक चरित्र हत्या गर्नकालागि पर्दा पछाडिका पात्रहरुको बुद्धिसापटी लिएर आफ्नो निजि आर्थिक संकट टार्ने उद्देश्यमा आधारित आरोपमा कुनै आर्थिक र सामाजिक आधार नरहेको,कुनै प्रमाण पनि नरहेको, दाविगरीएको ४ लाख रकम कपोकलपितआरोप हो । उनीले भनेको रकममा पनि एकरुपता नरहेको, (कतिपयसंग ७ लाख, म स्वयंमसंग ४ लाख,अरु कसैसंग ३ लाख र २ लाख फरक–फरक कुरा गर्दै गएको),सापटि दिने स्रोत नखुलेको कुन प्रयोजनकालागी भन्ने कुरा पनि नखुलेको, लेनदेन गर्दा ब्याज र कतिअवधि सम्मका लागि भन्ने कुरापनि नखुलेको आपसी समजदारीपनि नखुलेको, मेरो सापटिदाता अभिलेखमा नरहेको बरु २०७० साल देखि विभिन्न प्रयोजनका निम्ती म बाट पटक–पटक सापटि रकम भनि माग गरिरहेको अवस्था हो ।
यसरी नै सामाजिक मर्यादाबाट विचल्लीत उनले लगाएको गम्भीर आरोप शारिरीक सम्बन्धको विषय मेरो सोच बाहिरको कुरा हो र यस्तो खालको निच ब्यवहार म कल्पना पनि गर्न सक्दीन । यो पनि आधारविनाको माथि उल्लेखित रकमको ढाकछोप गर्ने अस्त्र मात्र हो ।आज नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको पार्टी कार्यालय उदद्याटन हुनु, बैठक बस्नु, सदरमुकाममा खुला कार्यक्रमहुनु र आजको दिनमै सामाजिक संजाल मार्फत यो मिथ्या आरोप सार्वजनिक गरिनु कुनै संयोग नभएर पर्दापछाडिबाट रचिएको सुनुयोजित, राजनैतिक चरित्र हत्या गर्ने गुरुयोजना बाहेक अरु केही होइन, मुल बाटो र राजनैतिक तरिकावाट सामुन्ने आउन नसक्ने अराजनैतिक तत्वहरुको अराजनैतिक क्रियाकलाप हो ।
राजनैतिक नेता, कार्यकर्ता, सुभचिन्तक–समर्थक तथा आम जनसमुदायमा यस्ता खालका कुप्रचार र मिथ्या आरोपका पछाडि नलाग्न हार्दिक अपिल गर्दछु ।
विषय-न्याय पाउ भन्ने बारे ।
उपरोक्त समन्धमा म मैमा कुमारी खत्री,सल्यान जिल्ला वागचौर नगरपालिका वार्ड नम्बर ८ मा मेरो घर हो ।
म पुर्व माअोबादी कार्यकर्ता समेत हुँ । हाल एमाले र माअोबादी केन्द्रको एकता पछि बनेको सत्तारूढ नेकपामा अावद्द छु । म निम्न २ कारणले अन्यायमा परेकाले यसै सामाजिक सञ्जाल मार्फत अाफ्ना दुख र र भोग्नु परेको पिडा यही सञ्जाल मार्फत बाहिर ल्याउने बाध्य भएकि छु । मेरो पिडा र बाध्यता लाई अधिकारकर्मी र पत्रकारहरुले सत्य तथ्य बुझि न्याय दिलाउन सहयोग गरिदिनु हुन समेत अाग्रह गर्दछु ।
मैले पुर्व मन्त्री तथा सत्तारूढ दलका नेता टेक बहादुर बस्नेतलाई एउटा असल अभिभावक एवम् जिम्मेवार नेता ठान्दै अाए तर दुर्भाग्य बस्नेतले मेरो निजि जिन्दगीमा ठुलो बज्रपात पारेकाले अाज बाध्य भएर यि कुरा भन्न गईराखेको छु । पुर्व मन्त्री समेत रहेका बस्नेतले मेरो भावना संग खेलि अार्थिक एवम् पारिवारिक जिवनमा ठुलो अफ्ट्यारो पारेकाले न्यायका लागि सबैलाई अनुरोध समेत गर्दछु ।
पुर्व मन्त्री बस्नेतले म संग २०७४ साल भदौ महिनामा ४ लाख ऋण माग्नु भएको थियोे मैले अाफ्नै एउटा जिम्मेवार नेता एवम् अभिभावक हुनुका नाताले कहि कतै पाए भने ऋण दिने योजना बनाए सोही बेला मैले मेरो ज्वाई र एकजना ब्यापारी साथी संग सापटी लिएर दिने समेत निधो गरे । त्यहीँ अनुसार मैले मन्त्री बस्नेतलाई ४ लाख रुपियाँ काठमाडौ ime गर्दिने निधो गरे तर उहाँले म सल्यान अाउने भएकोले त्यहीँ अाएर लिन्छु तयार पारि राख्नु पैसा भन्नु भयो र मैले तयार पारी २०७४ साल ६ महिना ११ गते उहाको घरमा पुगेर ४ लाख रुपिया बुझाए । अाफ्नै घरमा पुगेर मैले त्यति खेर दिएको पैसा अहिले अाएर तिम्रो र मेरो कुन अार्थीक कारोबार छैन भन्दै मेरो पैसा नदिने धम्की दिदै अाउनु भएको छ । त्यति मात्रै होइन म पुर्व मन्त्री पनि हु तिमिले जानेको गर म दिन्न भन्दै धम्काउदै अाउनु भएको छ ।
उहाँले कुनै कुनै बेला एक्लै काठमाडौ अाउ,कहिले नारायणगढ अाउ भन्दै एक्लै बोलाउन सुरु गर्नुभयो मैले अस्वभाविक मान्दै गए उहाँले मलाई धेरै पटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनु भयो मैले असहमति जनाए तर उहाले अहिले अाएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने धम्की दिदै अाउनु भएको छ । म संग पैसा लिनु भन्दा अगाडि कहिले तिमिलाई वार्ड सदस्य बनाउने हो भन्दै कहिले नगरपालिकामा चुनाब लडनु पर्छ भन्दै अासा देखाउनु भयो पैसा लिए पछि म संग घुमाउरो तरिकाले यौन प्रस्ताव समेत राख्नु भयो तब मैले असहमति जनाए तब उहाले पैसा समेत नदिने धम्की दिनु भएकोले म गरिब र अन्यायमा परेकि महिलालाई न्याय दिन सबैमा अनुरोध गर्दछु ।
एउटा जिम्मेवार नेता एवम् पुर्व मन्त्रीले म जस्तो सामान्य मान्छेको जिवन संग खेलवाड गरेर के फाइदा हुने रहेछ मैले बुझिन । साथै दुख गरि व्यापार व्यवसाय बाट २/४ लाखको कारोबार गरी व्यवसायी साथीहरू संग लिएको पैसा नदिने र उल्टो एकान्तमा भेट्ने बोलाएर मेरो अस्मिता माथि गिद्दे नजर लगाउने बस्नेतका कर्तुक बाहिर ल्याई मलाई न्याय पाउ भनि बाध्य भएर यो लेखेकि छु ।
मैमा कुमारी खत्री
बागचौर ८ सल्यान


प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार २२:१६












