ईश्वर पोखरेलले पार्टीमा फरक मतसहितको अवधारणापत्र बुझाउँदै
२२ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं एघारौँ महाधिवेशनका अध्यक्षका दावेदार ईश्वर पोखरेलले महाधिवेशनमा प्रस्तुत गर्ने अवधारणा(पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउने हुनुभएको छ।
पोखरेल अहिले ३ बजे पार्टी मुख्यालयमा अवधारणापत्र दर्ता गर्ने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नोबाहेक कुनै प्रस्तावमा छलफल नहुने बताइरहेका बेला पोखरेलले फरक मतसहित तयार पारेको अवधारणापत्र छलफलका लागि लैजान लाग्नुभएकाे हाे ।
आफूले तयार पारेको प्रस्तावबारे पोखरेलले अध्यक्ष ओलीसँग छलफल गर्ने भएका छन् ।
नेतृत्व परिवर्तनको निष्कर्षसहित तयार पारिएको उक्त दस्तावेज पार्टी कार्यालयमा बुझाउन लागिएको हो ।
प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १४:३२












