१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

ओली-देउवाबीच महाराजगञ्जमा भेटवार्ता

१९ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुग्नुभएको हो। दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो। भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार १६:४३