११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

लोकलाजका लागि चुनावको कुरा गर्नु र साँच्चिकै आयोजना गर्नु फरक कुरा हाेः विष्णु रिमाल

१९ मंसिर, काठमाडौँ। नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सरकारले ‘चुनाव’ भन्ने मात्र गरे पनि वास्तविक तयारी नभएको जिकिर गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आज छोटो टिप्पणी गर्दै उहाँले सरकारको अभिप्रायप्रति शङ्का व्यक्त गर्दै ‘लोकलाजका लागि चुनावको कुरा गर्नु र साँच्चिकै चुनावको आयोजना गर्नु फरक कुरा’ भएको बताउनुभएको छ। अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको घोषणा गरेको भए पनि सो अनुसारको तयारी नभएको प्रति उहाँको यस्तो टिप्पणी आएको हो ।

उहाँका अनुसार सरकार निर्वाचनको तयारीमा गम्भीर छ कि छैन भन्ने प्रश्न अहिलेको मुख्य चासो हो । रिमालले लेख्नुभएको छ, ‘लोकलाजका लागि चुनावको कुरा गर्नु र साँच्चिकै चुनावको आयोजना गर्नु फरक कुरा हो, अहिले सरकार गर्नैका लागि चुनाव भनिरहेको छ, कि लोकलाजका लागि ? बुझ्नुपर्ने विषय यही हो !’

उहाँको यो अभिव्यक्ति ताजा राजनीतिक परिस्थितिमा आगामी निर्वाचनबारे देखिएको अनिश्चितता र सरकारले लिएको मौनतामाथि गरिएको टिप्पणीका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : December 5, 2025 at 12:57 pm