१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

१८ मंसिर, काठमाडौँ । ओपनर क्रिस लिनको सानदार अर्धशतकमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितका लागि १७० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ‘टस’ हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनायो । सुदूरपश्चिमका लागि लिनले रिटायर्ट हर्ट हुनुअघि ७५ रन बनाए । ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे । ओपनर विनोद भण्डारीले २१ रनको योगदान दिए ।

इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके । आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४/२४ रन बनाए । चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक÷एक विकेट लिए । प्रतियोगितामा कुनै हार नबेहोरेको सुदूरपश्चिम आज पनि जितको खोजीमा छभने चितवन ‘प्लेअफ’मा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाबमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार १८:२१