कुलमान लक्षित शंकरको टिप्पणीः उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले
१८ मंसिर, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको सहभागितामा घोषणा गरिएको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै कडा टिप्पणी सार्वजनिक गर्नुभएकाे छ ।
पोखरेलले कसैको नाम नलिई उज्यालो नेपालको योजना एउटाको भए पनि जस अर्कैले पाएको उल्लेख गर्नुभएकाे छ । उज्यालो नेपालको योजना जसको हो, उसैले श्रेय नपाएको पाेखरेलकाे गुनासो छ । पाेखरेलले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आउनुभएकाे छ ।
महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?’
प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार १०:५५












