मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा
१७ मंसिर, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिनुभएकाे छ । बुधबार दिउँसो प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामा दिनुभएकाे हाे ।
मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो ।
प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १५:२५












