निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
१७ मंसिर, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ । बुधबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ। आज बन्दीपुर केवलकारको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १८ करोड ४९ लाख रुपैयाँको काराेबार भएको छ ।
प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १५:२१












