१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेको छः सञ्चारमन्त्री खरेल

१७ मंसिर, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वातावरण बनिसकेको र सरकार निर्वाचन गराउने प्रक्रियामा अगाडि बढिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको ६ महिने अवधिको मूख्य दायित्व फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्ने छ, निर्वाचन जसरी पनि हुँदैछ, त्यसको सम्पूर्ण वातावरण बनिसकेको छ, सरकार यसमा दृढ छ । निर्वाचनसँगै सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढतापूर्वक अगाडि बढेको छ ।”

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १४:००