२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

१७ मंसिर, काठमाडाैं ।  बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो।

उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १३:४५