२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सरकारी विद्यालय बिग्रनुमा शिक्षककै भुमिका महत्वपुर्ण छ: मुख्यमन्त्री राउत

१८ माघ, जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले सरकारी विद्यालय बिग्रिनुमा शिक्षककै भुमिका महत्वपुर्ण रहेकाे बताएका छन् । शुक्रबार जनकपुरमा नीति आयोगले गरेको प्रदेश २  विद्यालय स्तरीय शिक्षाको वर्तमान अवस्था तथा भविष्यको मार्गचित्र विषयक अन्तर्क्रिया कार्यक्रममा उनले सामुदायिक विद्यालयहरुमा राजनीतिक प्रभावले गुणस्तरीय शिक्षा दिन नसकेको धारणा राखेका हुन् ।


‘शिक्षकहरु पठन पाठनभन्दा राजनीतिक दलका नेताहरुमा बढी केन्द्रित छन्’, उनले भने ‘पठनपाठनमा केन्द्रित नभएसम्म शिक्षा स्तरीय हुँदैन ।’सामुदायिक विद्यालयका शिक्षकहरु योग्य र सक्षम भए पनि गुणस्तरीय शिक्षा दिन नसक्नु आश्चर्यजनक भएको मुख्यमन्त्री राउतले बताए । शिक्षकले इमान्दारीपूर्वक आफ्नो जिम्मेवार बहन नगरेसम्म सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन नसकिने उनले बताए ।

 

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १६:३५