११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एमालेको ११ औँ महाधिवेशनः हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत

१७ मंसिर, हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलामा प्रतिमा लामा र विमला शाही सर्वसम्मत चयन हुनुभएको हो ।

जिल्लाबाट थप एक जना प्रतिनिधिका लागि केन्द्रमा अनुरोध गर्ने र यदि केन्द्रले स्वीकार गरे उक्त कोटामा नवराज महतारालाई पठाउने निर्णय भएको छ ।

प्रकाशित मिति : December 3, 2025 at 11:06 am