सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त
१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त हुनुभएकाे छ । मंसिर १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई मंसिर २७ गतेदेखि लागू हुनेगरी कामु सीईओ पदको जिम्मेवारी प्रदान गरिएको हो । बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ।
प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १०:३७












