रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति
१६ मंसिर, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै बोर्डले मंगलबार ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाउँदै आईपीओ प्रक्रियालाई अघि बढाउन निर्देशन दिएको हो।
पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’
कम्पनीले एक वर्षअघि नै प्रतिकित्ता ८२०.८० रुपैयाँको दरमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी सुरू गरेको थियो। साे क्रममा संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँका दरमा सेयर खरिद गरिसकेका छन्। तर कानुनी विवादका कारण सर्वसाधारणका लागि जारी गर्ने प्रक्रिया रोकिएको थियो।
प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १७:२५












