४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासन गर्दै होटल सब्रिना
१६ मंसिर, काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले रु.१०० अंकित दरमा ४७ करोड ४ लाख रुपैयाँ बराबरको ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हाे ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आम सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा भने कम्पनीले एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १७:१८












