सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
१६ मंसिर, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ३ सय कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ४४५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १०:५४












